Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सवारी पास किर्ते गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ

३१  जेठ, काठमाडौँ – निषेधाज्ञामा जारी हुने सवारी पासको किर्ते गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् ।

प्रहरीले आइतबार बेलुकी ललितपुर महानगरपालिका वडा नम्बर १३ एकान्तकुनाबाट सवारी पास किर्ते गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

 

खोटाङ मझुवागढी नगरपालिका-११का २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ पक्राउ परेका हुन्। निषेधाज्ञा जारी रहेको समयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै रिङरोडमा पनि प्रहरीले बिना पासका सवारीसाधनलाई चेक गर्ने गरेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE