Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

‘कार्वाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन’ः माधवकुमार नेपाल

‘कार्वाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन’ः माधवकुमार नेपाल

११ जेठ, काठमाडौं– नेकपा एमाले नेता माधवकुमार नेपालले आफूसहित ११ नेतालाई गरिएको कारवाही औचित्यहिन र अर्थहीन भएको बताएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै नेता नेपालले लेखेका छन्, कार्बाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु । कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको छ । ओली सरकारको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछु’ ।

नेता नेपालल,े ‘आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् भन्दै प्रतिरोधमा उत्रिने अवस्था आएको बताएका छन् ।

बालुवाटामा बसेको हिजोको एमाले स्थायी कमिटी बैठकले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE