Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

वीर शहिदको सपना पूरा गर्न सहिद जन्माउन बाध्य मेरो देश

कविता

वीर शहिदको सपना पूरा गर्न सहिद जन्माउन बाध्य मेरो देश
वीर शहिदको रगतले होलि खेलि रक्त सिंचित मेरो देश,
जनता शहिद भएर ठुला÷ठुला नेतो भनौदा जन्मेका मेरा देश,
वीर शहिद जन्मिएर, सिमित नेताहरु धनी भईरहेको मेरो देश,
जनताले आहुति दिएर शहिदहरुले अपमान खेपेको मेरो देश ।।

वीर शहिदहरु रगताम्य ढलेर सत्ता परिवर्तन भएको मेरो देश,
जनता बलिको बोको भएर, बालबच्चा, भोको रहेको मेरो देश,
शहिद परिबार पुस्तौनी, आँसु, बेदनाको भाका घन्केको मेरो देश,
जनता अग्निज्वालाको दाह संस्कारपछि नेता महलमा बस्ने मेरो देश ।।

द्वन्दपिडीतको आलो घाउहरुमा सेताम्य पिप पाकेको मेरो देश,
पिडितको पैसाले नेतालाई डकार आउदा बिदेशमा जचाउने मेरो देश,
बेपत्तालाई १५ दिनमै खोजि सहिदलाई न्यायदिन तमसुक लेख्ने मेरो देश,
बाह्र बर्ष हुँदा बाह्र पटक सत्ताबदलि युद्ध पिडितलाई ढाँटेर खाने मेरो देश ।।

शहिदको नाममा मौन धारण गरे जस्तो बाहाना गर्ने नेता भएको मेरो देश,
जनता मारेर, जनताको लागि ठुला नेता/आसेपासेले शासन गर्ने मेरो देश,
शहिद दिवसको दिन मात्र सहिद सम्झेको बहानागर्ने नेता जन्मेको मेरो देश,
जनताको खुनको मौन धारणमा नेपाली आमालाई गिद्देनजर लाउने मेरो देश ।।

एक दिन सहिदहरुलाई पुजा गर्ने देशका नेता बौद्दिक ठेकेदार जन्मिएको मेरो देश,
महान शहिदहरुको सपना पूरा गर्न, फेरि अर्कोको बिरगति भयर शहिद हुनु पर्ने मेरो देश,
जनता र देशको निम्ति कहिल्यै नझुक्ने शिर लिई निडर भई अघि बड्ने जनताको देश,
शहिदहरुको महान सपना पूरा गर्न नेताहरुले फेरि सहिद जन्माउनु पर्ने मेरा देश,।।

सिताराम थापा
बाग्लुङ्ग

WRITE COMMENTS FOR THIS ARTICLE