Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आगामी वर्षको मध्यसम्म पनि कोरोना खोप तयार होलाजस्तो छैन : डब्ल्यूएचओ

२०, भाद्र

काठमाडौँ –  विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ। शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिस अर्को वर्षको मध्यतिर सम्मपनि कोरोना विरुद्धमो खोप आइसक्ने आशा गर्न नसकिने बताएका हुन् ।

उनले अहिलेसम्मका परीक्षणमा आएका विभिन्न खोपहरु उन्नत क्लिनिकल परीक्षणमा डब्लुएचओले खोजेको कम्तीमा ५० प्रतिशतको स्तरमा प्रभावकारी हुनेखालको नदेखिएको बताएका हुन् । अहिलेसम्म कुनै पनि खोप खासै प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने बताएका हुन्।

हामीले खोप कत्ति सुरक्षित छ भनेर हेर्नु पर्छ र हामीले त्यो कती सुरक्षित छ भनेर पनि बुझ्नु आवश्यक छ। कोभिड १९ को गम्भीरतालाई रोक्न वा कम गर्न सयौं लाखौं मानिसहरूलाई दिनु अघि प्लेसबो विरूद्ध प्रयोगात्मक खोपहरू सुरक्षा र प्रभावकारिता निर्धारण गर्न आवश्यक मानिन्छ।

परीक्षणबाट सबै डाटा साझा र तुलना गर्न पर्छ, ह्यारिस भने, धेरै व्यक्तिलाई खोप लगाइएको छ र हामीलाई थाहा छैन यो खोपले काम गर्छ कि गर्दैन। यस चरणमा हामीसँग यसको सार्थक प्रभावकारिता र सुरक्षाको स्तर छ वा छैन भन्नेको स्पष्ट संकेत छ, उनले थपे । (एजेन्सीको सहयोगमा )

WRITE COMMENTS FOR THIS ARTICLE