Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मोरङका ८ स्थानीय तहमा एमाले–कांग्रेस बराबर

१ जेठ, मोरङ– पछिल्लो समयको स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार मोरङमा नेपाली कांग्रेस र एमालेले बराबरी वडा जितेका छन्।

प्रदेश निर्वाचन कार्यालय विराटनगरको पछिल्लो प्राप्त मत गणनाअनुसार कांग्रेसले आठवटा वडामा जितेको छ भने नेकपा माओवादी केन्द्रले एक ठाउँमा जितेको छ।

नेपाली कांग्रेसले कानेपोखरी गाउँपालिका वडा नम्बर १ रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा भगवान मरण्डी, मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा पर्वत राई, मिक्लाजुङ २ मा बलबहादुर श्रेष्ठ, सुनवर्षी नगरपालिका वडा नम्बर १ मा वीरबहादुर राई र सुनवर्षी नगरपालिका वडा नम्बर २ मा विनोकुमार राजवंशी विजयी भएका छन्। लेटाङ नगरपालिका ९ नन्दप्रसाद खतिवडा, बेलबारी नगरपालिका १ मणि पुलामीले जितेका छन्।

यस्तै एमालेबाट आठजना वडाध्यक्ष विजयी भएका छन्। कटहरी गाउँपालिको वडा नम्बर १ मा हरिनारायण राजवंशी, केराबारी गाउँपालिका १ मा शरण थापा, कानेपोखरी गाउँपालिका ७ मा मोहनप्रसाद अधिकारी, ग्रामथान गाउँपालिका वडा नम्बर ७ मा वीरेन्द्र चौधरी, लेटाङ नगरपालिका वडा नम्बर १ मा विष्णु मगर, कटहरी गाउँपालिका २ सुरेन्द्र राजवंशी, केराबारी गाउँपालिका १० पूर्ण मगर र सुनवर्षी नगरपालिका ३ मा अतनकुमार बुढाथोकी विजयी भएका छन्।

माओवादी केन्द्रबाट धनपालथान गाउँपालिका वडा नम्बर १ मा ख्वाजाहुसेन मियाँ विजयी भएका छन्। अहिलेसम्म वडाका पदाधिकारीतर्फ ५३ जना विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE