Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ढिलो चाँडो नेताहरु एकीकृत समाजवादीमा आउँछन् : माधव नेपाल

१ आश्विन, काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताउनुभएको छ । कतिपय नेता कार्यकर्ता अल्मलिएर एमालेमै बसेको र असल भावना भएकाहरु ढिलो चाँडो एकीकृत समाजवादीमै आउने उहाँको दाबी छ ।

शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु एकीकृत समाजवादीमा रुपान्तरित भइरहेको बताउनुभयो । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेकाले एकीकृत समाजवादी नितान्त नौलो पार्टी नभएको नेपालले बताउनुभयो ।

‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत ४ र ५ गतेपछि बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन ।

पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा एमालेभित्रको क्रान्तिकारी धारले शुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आवद्ध भएका छन् ।

कार्यक्रममा अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्याउन आग्रह गर्नुभयो । व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्याउन उहाँको आग्रह छ ।

WRITE COMMENTS FOR THIS ARTICLE