Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाललाई इटालीबाट स्वास्थ्य सामाग्री सहयोग प्राप्त

नेपाललाई इटालीबाट स्वास्थ्य सामाग्री सहयोग प्राप्त

११ असार, काठमाडौं– इटालीले नेपाललाई स्वास्थ्य सामाग्री हस्तानतरण गरेको छ ।

युरोपेली संघ (ईयू)को नागरिक संरक्षणको कार्यविधि अनुसार इटालीले नेपाललाई स्वास्थ्य सामग्री हस्तानतरण गरेको हो।

नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेको अवस्थाका इटालीले नेपाललाई स्वास्थ्य सामाग्री हस्तानतरण गरेको हो ।

इटालीले नेपाललाई सहयोग स्वरुप उक्त समाग्री हस्तानतरण गरेको हो ।

उक्त स्वास्थ्य सामाग्री नेपालका लागि ईयूकी राजदूत नोना देप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ विशेषज्ञ डा.रोशन पोखरेललाई हस्तानतरण गर्नुभएको हो । स्वास्थ्य सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तानतरण गरिएको थियो ।

इटालीले नेपाललाई स्वास्थ्य हस्तानतरण गरेको स्वास्थ्य सामाग्रीमा २० ओटमा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र १० हजार पीपीईलगायतका सामग्री रहेका छन्।

स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नेपाल सरकारले इटालीको सरकार र जनतालाई आभार व्यक्त गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE