Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

युवा सशक्तिकरण सम्बन्धि एक दिने कार्यशाला सम्पन्न

२८ साउन काठमाडौँ–इन्भारोमेन्ट एन्ड कल्चर भोलेन्टीयर (इसीभी)नेपाल, फेमली पिश एसोसिएशन (एफपीए) नेपाल र नेशनल कल्चरल एण्ड एजुकेशनल फाउन्डेशन (एनसीएफ) ले एक दिन युवा सशक्तिकरण कार्यशालाको आयोजना गरेको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा आयोजित उक्त कार्यक्रममा विभिन्न कलेज तथा विद्यालयका झण्डै एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा एफपीए नेपालका अध्यक्ष प्राध्यापक किशोर राजभण्डारीले युवाहरुलाई रचनात्मक कार्यमा लागाई निस्वार्थ स्वयमसेवाले नै उनिहरुको सर्वाङ्गिन विकास हुने बताउनु भयो । उहाँले अहिले समाजले अपेक्षा गरेको र विश्व परिवेशमा आवश्यक आधुनिकतालाई आत्मसाथ गर्दै युवाहरुले देश र समाज परिवर्तनमा रचनात्मक योगदान गर्नुपर्ने बताउनु भयो ।

गोष्ठीमा प्राध्यापक विजय प्रसाद मिश्रले युवाहरुले आफ्नो लागी मात्र नभई अरुको भलाईमा आफुले कति योगदान गरेँ भनेर सोच्नु पर्ने बेला आएको बताउनु भयो । उहाँले युवा नेतृत्व अवको आवश्क्ता भएको औँल्याउदै देशको हितमा युवा जनशक्तिको सदुपयोग हुन आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रमकी अर्की वक्ता नेपालका ८ हाजार मिटर भन्दा माथिका सबै हिमाल आरोहण गरेकी युवा पूर्णिमा श्रेष्ठले आफुभित्रको क्षमता र आँटलाई याक्सनमा उतार्न सक्नु नै युवा क्षमता भएको बताउनु भयो । उहाँले अरुले जतिसुकै निरुत्साहीत बताए पनि आफुमा आत्मबल भए जस्तो सुकै परिस्थितीमा पनि सफता हात पार्न सकिने बताउनु भयो । उहाँले युवा नेतृत्वको विकास आफ्नो क्षमतालाई र आत्मबललाई आफुले गर्ने काममा देखाए मात्र हुने बताउनु भयो ।

लामो समयदेखी युवा नेतृत्वको विकास स्वयमसोवाको माध्ययमबाट सम्भव हुन्छ भन्ने हेतुले नेपालको वातावरण तथा संकृतिमा युवा स्वयमसेवाको क्षेत्रमा काम गर्दै आएको इसीभी नेपालले युवाहरुलाई स्वयमसेवाको भावना जगाउन सकिए युवाहरु आत्मनिर्भर बन्ने ठहर गरेको छ । युवालाई सधै युवा मात्र भनिरहने र युवाहरु त्यसैमा मख्ख परेर बस्नुको सटो समाज परिवर्तनमा आफ्नो लागि मात्र नभई देश, समाज र आफ्नो समुदायका लागि पनि स्वयमसेवाको भावना लिएर अघि बढ्न सक्नु अपरिहार्य रहेको इसीभी नेपालले जनाएको छ ।

कार्यक्रममा अन्य विभिन्न संघसंस्थाहरुको पनि सहभागित रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE