Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

आङ सान सूची माथि ६ लाख अमेरिकी डलर भ्रष्टाचार गरेको गम्भीर आरोप

२७ फागुन
काठमाडौँ –
म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुचीमाथि भ्रष्टाचारको आरोप लगाएको छ । उनले भ्रष्टाचार गरेको सेनाले आरोप लगाएको हो ।

ब्रिगेडियर जनरल जा मिन तुनले बिहीबार पत्रकार सम्मेलनका क्रममा  नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को सरकारमा रहँदा अवैध तरिकाले सु चीले  सुन र ६ लाख अमेरिकी डलर ९६ करोडभन्दा रुपैयाँ बढी स्वीकार गरेको आरोप लगाएको छ । म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो ।

उनीमाथि रेडिओ उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भङ्ग गरेको तथा नागरिकमा डरत्रास फैलाइएको आरोप पनि लगाइएको छ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE