Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

३० भदौ, काठमाडौँ – सशस्त्र प्रहरी बलको विशेष टोलीले विशेष सूचनाको आधारमा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार काठमाडौं–१६ सितापाइला छाउने मार्ग रकचिल्ली रेष्टुरेन्टबाट मेड इन जर्मनी लेखिएको अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने ५ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–३ जितपुरफेदी, काठमाडौंका २४ वर्षीय सोनाम तामाङ रहेको उहाँले बताउनुभयो । थप अनुसन्धानका लागि तामाङलाई महानगरीय प्रहरी बृत्त स्वयम्भूमा बुझाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE