चीनले नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने
चीनले नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने
१ साउन, काठमाडौं– चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तीमा, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको छ ।’ भनिएको छ ।
नेपाललाई यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले चीनबाट ४० लाख डोज खोप खरिद पनि गरेको छ ।
यसअघि नेपाललाई अमेरिकाले एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेका छन् । जसमध्ये जापानले दिने घोषणा गरेको १६ लाख डोज खोप आउन बाँकी रहेको छ ।
त्यस्तै कोभ्याक्स सुविधाअन्तर्गत पनि नेपाललो ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ ।
खरिद गरेको खोपको हकमा भारतबाट २० लाख डोज खरिद गरेकोमा हालसम्म १० लाख डोज मात्रै आएको छ भने चीनबाट खरिद गरेका खोपहरु क्रमशः आइरहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE