नयाँ वर्ष नजिकिदै गर्दा बेलायतमा इन्धनको हाहाकार
१० आश्विन, एजेन्सी – बेलायतका विभिन्न ठाउँमा रहेका इन्धन पम्पमा सवारी साधनको लाइन छ । पेट्रोल र डिजेल पाउने आशमा बसिरहेका छन्, चालक । तर, पम्पमा पेट्रोल र डिजेल छैन ।
पम्पमा इन्धन संकट भएपछि ढुवानी सेवामार्फत् बजारको माग पूरा गर्न सकिएको छैन । इन्धन संकट भएपछि सुपरमार्केट, औषधीलगायत क्षेत्रमा गम्भीर असर पुगेको छ ।

ब्रेक्जिट र कोभिड–१९ का कारण इन्धन आपूर्तिमा समस्या भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । यी दुई कारणमध्ये ब्रेक्जिट अर्थात् युरोपियन मुलुकबाट बेलायतको बहिर्गमनलाई नै मुख्य ठानिएको छ ।
बेलायत सरकारले भने स्थानीय समस्या भएका कारण चाँडै इन्धन आपूर्तिको व्यवस्था गर्ने भनेको छ । यद्यपि, सरकारले इन्धन आपूर्ति सहज बनाउन नसकेको एजेन्सीहरुले जनाउनुभएको छ ।
एए मोटरिंग एसोसिएशनका प्रमुख, एडमण्ड किंगले गत हप्ता बीबीसीसँग भन्नुभयो चालकहरुको अभावका कारण यो ‘स्थानीय समस्या’ उत्पन्न भएको हो।
उहाँले भन्नुभएको छ ‘हिजो हामी सरकारी मन्त्रीहरुसँग छलफलमा थियौं, र हामीले प्रमुख ईन्धन कम्पनीहरुसँग पनि कुरा गर्यौं । र हामी दोहोर्याउन सक्छौं कि स्रोत साधनमार्फत इन्धन आपूर्तिमा कुनै समस्या छैन।’
बेलायतमा इन्धन अभाव भएपछि कर्मचारीहरुलाई राख्न र उहाँहरुको सीप खेर गइरहेको एए मोटरिङका डेपुटी प्रमुख एन्जेला रेनरले भन्नुभएको छ। साथै, यसतर्फ सरकारले सम्बोधन गर्न नसकेको उहाँको भनाइ छ ।

नयाँ वर्ष नजिकिदै गर्दा इन्धन आपूर्तिमा समस्या उत्पन्न भएपछि ‘क्रिसमस’ लाई असर पुर्याउने देखिएको पनि एजेन्सीहरुले उल्लेख गर्नुभएको छ । सरकारले अवकाशप्राप्त ४० हजार कर्मचारीलाई काममा फर्काउने पहल भने भइरहेको एजेन्सीहरुले जनाउनुभएको छ ।
यता। पेट्रोल रिटेलर्स एसोसिएसनका प्रमुख ब्रायन मैडर्सन भने इन्धन आपूर्ति अब झन् खराब हुँदै जाने बताउनुभएको छ। ‘आपतकालीन सेवाहरु हुन सक्छ, सुपरमार्केटहरुमा डेलिभरी हुन सक्छ, राष्ट्रिय स्वास्थ्य सेवो कामदारहरु, डाक्टरहरु, फायरमेन, ईन्धनका लागि २४ घण्टा हुन सक्छ । त्यहाँ साँच्चै गम्भीर असर पुग्नेछ,’ उहाँले भन्नुभएको छ, ‘मलाई लाग्छ यो स्थिति अझ राम्रो हुनु भन्दा पहिले झन् खराब हुँदै जानेछ।’

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE