इजलास बहिष्कार गर्ने न्यायाधीशहरुविरुद्ध रिट दायर
१२ कार्तिक, काठमाडौँ – सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध रिट दायर भएको छ । कृष्ण प्रसाईंसहितका अधिवक्ताहरुले १५ जना न्यायधीशविरुद्ध शुक्रबार रिट दायर गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत १९ मध्ये १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित भएको भन्दै आजबाट स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग समेत गरिएको छ ।
शुक्रबार अधिवक्ताहरु कृष्ण प्रसाईं, तोयानाथ ढुंगाना, कीर्तिनाथ शर्मा पौडेललगायतले वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराईसहित इजलास बहिष्कार गरेर मुद्दा नहेर्ने १५ जना न्यायाधीशहरुविरुद्ध रिट दायर गरेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE