ग्लोबल पीस फाउनडेशनको आयोजनामा रक्तदान सम्पन्न
१३ चैत्र
काठमाडौँ -ग्लोबल पीस फाउण्डेसनले शुक्रबार काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘क्यापासीटी विल्डिङ अफ पीस विल्डर्स’ स्लोगन राखेर सर्भिस कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रक्तदानका लागि ४४ जनाले नाम दर्ता गराएका थिए । जसमध्य १७ जनाले मात्र रक्तदान गरेका र अन्यको रगत दिन नमिल्ने भएकोले फर्काइएको आयोजकले जनाएको छ ।

कोरोना महामारीका कारण पनि अपेक्षा गरेजति ब्लड डोनर नआएको आयोजक संस्थाका अध्यक्ष ई। रामरोहन पन्तले जानकारी दिनुभयो । “उपत्यका लागियत देशैभरी रगत अभाव रहेको अवस्थामा थोरै भए पनि पनि सहयोग पुग्ने अपेक्षाका कारण कार्यक्रम आयोजना गरेका हौँ” पन्तले भन्नुभयो ।

कार्यक्रमा मर्सर आइसल्याण्ड रोटरी क्लव, ग्लोबल पिस ओमन नेपाल, युथ एड्भोकेसी नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको थियो । ग्लोबल पिस फाउन्डेशनले नेपालमा युवा नेतृत्व र सामाजिक विकासका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । साथै यसले अन्य सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE