Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

प्रदेश सभामा एमाले र माओवादीका सांसद अलग–अलग बस्न पत्राचार

२६ फागुन
काठमाडौँ –
  निर्वाचन आयोगले देशका सातै प्रदेश सभालाई नेकपा खारेज भएको तथा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएको जानकारी गराएको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार अबदेखि नेकपा नरहेको र यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम भएको विषयमा आयोगले बिहीबार सातै प्रदेश सभाका सचिवालयमा पत्राचार गरेको हो।

आयोगको पत्रअनुसार संघीय संसदमा पनि आजैदेखि एमाले र माओवादी केन्द्रका सांसद छुट्टै लहरमा बस्न थालेका छन् ।

आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले पठाएको पत्रअनुसार अब प्रदेश सभामा पनि यसैगरी दुई दल अलग-अलग बस्नुपर्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE