देउवा निवासमा पौडेल, सिटौलासहितका सात नेताको बैठक बस्दै
२७ साउन, काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा धारणा बनाउन प्रमुख सात नेताको बैठक डाकेका छन् ।
सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, दुई महामन्त्रीहरु डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत र नेता मीनेन्द्र रिजाललाई बैठकमा डाकेका हुन् । बैठक आज देउवानिवास बूढानीलकण्ठमा बस्न लागेको हो ।
क्रियाशील सदस्यता विवादले पार्टी महाधिवेशन नहुने संकेत देखिएपछि पौडेल पक्षले दबाब बढाउँदै विशेष महाधिवेशनको चेतावनी दिएको छ । देउवा पक्षले भने महाधिवेशन सम्भव नहुने भन्दै त्यसलाई पार्टीको कुनै पक्षको कमजोरीका रुपमा नअर्थ्याउन आग्रह गदै्र्र आएको छ ।
पौडेल पक्षले देउवाले पटक–पटक भदौ १६ गते महाधिवेशन उद्घाटन हुन्छ भनेर ढाँटेको भन्दै महाधिवेशन देउवाकै स्वार्थमा सर्ने अवस्था आएको जनाउँदै आएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE