स्वास्थ्यमन्त्री ढकालद्वारा कोरोना विजेतासँग अन्तरक्रिया
२७ भाद्र
काठमाडाैँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उहाँले यसअघि सम्बन्धित कर्मचारीसँग फोनमा पनि कुराकानी गर्नुभएको थियो ।
मन्त्रालयका उच्चअधिकारीलाईसँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुन्नुभएको हो । उहाँले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको उल्लेख गर्दै कोरोना जितिसकेका कर्मचारीको वास्तविक अनुभव पनि बाहिर आउनुपर्ने बताउनुभयो । मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँ अग्रमोर्चामा बसेर सामना गरिरहेका चिकित्सक, नर्स, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सबैको उच्च सम्मान गर्नुभयो ।
उहाँले कोरोनाबाट बच्नका लागि पूर्ववत जीवनशैलीमा परिवर्तन गर्नुपर्ने सुझाव दिँदै देशभर यस्तो खालको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले कोरोनाबाट बच्नका लागि उच्च मनोबलको खाँचो रहेकामा जोड दँदै कोही पनि आतङ्कित हुन नहुने बताउनुभयो ।
WRITE COMMENTS FOR THIS ARTICLE