विप्लव समूहले पनि बनायो सरकारसँग वार्ता टोली
१८ फागुन
काठमाडौं – सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि वार्ता टोली गठन गरेको छ ।
विप्लव नेतृत्वपको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने छन् ।
यसअघि सरकारले आजै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ९बादल० को नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई छन् ।
सरकारले वार्ता टोली गठन गरेको सार्वजनिक भए लगत्तै विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूहसँग छिट्टै वार्ता हुने पत्रकार सम्मेलनमा बताउनु भ्रएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE