Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

१५ साउन, काठमाडौं– बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

फरार प्रतिवादी काठमाडौं मनोहरा नगरपालिका–२ ठेगाना भएका ४६ वर्षीय राम खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १४ गतेको फैसलाले ९ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं हात्तीगौंडाबाट फेला पारी पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्याई एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय र जरिवाना भएको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE