Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

ओली समूहको भेला : १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय

७ पुष
काठमाडौं
– प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलाले नेकपामा १ हजार १९९ जना सदस्य सम्मिलित केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्ष ओलीले आफू निकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएर महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुभएको हो ।

यद्यपि केन्द्रीय कमिटीका मुख्य नेताहरूको अनुपस्थितिमै उक्त निर्णय भएको हो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल लगायत मुख्य नेताहरू यस भेलामा सहभागी छैनन् ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी रहेकोमा ५५६ जना थप गर्ने र अरु पनि १९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने निर्णय भएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE