Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको निर्देशन

२५ चैत्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रीकालीन कार्यक्रममा राती नौ बजेपछि बन्द गर्न सुझाव दिएको छ।

देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न सुझाव दिएको हो ।

घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ। ठुला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ।

दैनिक सङ्क्रमित थपिने दर बढ्दै गएपछि सरकारले सो निर्देशन दिएको हो ।
साथै कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

मानिसको भिड हुने स्थानहरूमा अति कडाइको साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE