दोब्बरले बढ्न थाले कोरोना संक्रमित, शुक्रबार मात्रै नौ सयजनामा पुष्टि
३ बैशाख, काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या दोब्बरले बढ्न थालेको छ। बिहीबार चार सयको हाराहारीमा भेटिएका संक्रमित शुक्रबार दोब्बरले बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ सयजना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणबाट ८ सय ३६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ५५ सय ३७ र एन्टिजेन विधिबाट ६२१ वटा परीक्षण भएका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE