Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एमसीसी अनुदानका विषय भएकाले यसमा विवाद नहुनुपर्ने हो: (एमसीसी) उपाध्यक्ष फातिमा

 २४ भदौ,काठमाडौँ-अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले ‘एमसीसी’ अनुदानका विषय भएकाले यसमा विवाद हुनुनपर्ने बताएकी छन्। विहीबार नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा एमसीसी उपाध्यक्ष सुमारले यस्तो बताएकी हुन्।

उक्त भेटमा सुमारले एमसीसीका बारेमा एमालेको धारणा बुझ्न खोजेकी थिइन् । सोही क्रममा सुमारले एमसीसी अनुदानका विषय भएकाले यसमा विवाद हुनुनपर्ने भनाइ राखेकी हुन्। भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा आउदा खुसी लागेको प्रतिक्रिया दिएकी थिइन्।

WRITE COMMENTS FOR THIS ARTICLE