Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

(एस)को महासचिवमा बेदुराम भुसालको नाम

७ अश्विन, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्नुहुने भएको छ। सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताउनुभयो । ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’,  नेताले भन्नुभयो । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गर्नुभएको  थियो ।

तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE