Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

माधव नेपाल पक्षको निष्कर्ष : ‘सरकारमा नजाने, एकतामै जोड दिने’

२२ साउन, काठमाडौं – नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा नजाने निष्कर्षमा पुगेको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताकै पक्षमा नै उभिने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । उहाँले आफूहरु सरकारमा जाने विगतमा नभनेको बताउँदै मन्त्रिपरिषद् विस्तारमा आफूहरुको कुनै भूमिका नभएको जिकिर गर्नुभयो ।

सरकारमा सहभागितालगायतका विषयमा निर्णय गर्न नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।

बैठकले चार बुँदे प्रस्ताव पारित गरेको पन्तले बताउनुभयो । बैठकले प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा स्वागत गरेको छ भने पार्टी एकताका लागि तयार भएको १० बुँदे सहमतिले एकताको आधार तयार गरेको निष्कर्ष निकालेको छ । बैठकले पार्टी एकतामा जोड दिने र पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE