Date
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023

डेङ्गुका कारण धरानमा ९ जनाको मृत्यु, साढे ७ हजार संक्रमित

२५ साउन, सुनसरी–धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार थालिएको छ । हिजोआज डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन मुस्किल छ । त्यसैले वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य संघको भवनमा राखेर उपचार भइरहेको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार धरानमा बुधबारसम्म ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकोमध्ये ६९ प्रतिशतमा पोजेटिभ आएको हो ।

डेङ्गु संक्रमणका कारण ९ जनाको मृत्यु भएको उपमहानगरपालिकाको तथ्याङ्क छ । धरानमा हरेकजसो घरमा डेङ्गुका बिरामी छन् । डेङ्गु संक्रमित बढेपछि उपमहानगरपालिका–८, ११, १३, १४ र १५ ले संक्रमितलाई वडाभित्रकै विभिन्न भवनमा राखेर उपचार गरिरहेको छ । त्यसबाहेक उद्योग वाणिज्य संघ र धरानको सभा गृहमा पनि बिरामीको जाँच र उपचार गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE