निर्वाचन केन्द्रित पार्टी प्रवेशः वीरगंज महानगरपालिकाका मेयर एमालेमा
२९ फागुन, काठमाडौँ – स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा शिर्ष दलहरु आफ्नो पार्टीलाई बलियो बनाउन हरेकदाउ खोजिरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), नेकपा एकीकृत समाजवादी लागायतका दहरु निर्वाचन केद्रित कार्यक्रमहरुमा व्यवस्त देखिन्छन् ।
शनीबार नेकपा एमालेले आयोजना गरेको एक कार्यक्रमा वीरगंज महानगरपालिकाको नगर प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गरे । गत स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरमबाट चुनाव लडेर नगर प्रमुख बनेका सरावगी हाल जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका थिए । सरावगीको पार्टी प्रवेशलाई आजका दैनिक पत्रपत्रिकहरुले निकै महत्व दिएका छन् ।
आजको राजधानी दैनिकले “वीरगन्ज महानगरपालिकाका मेयर एमालेमा प्रवेश” शिर्षकमा समचार लेखेको छ:
वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन् ।
बाराको प्रसौनीमा शनिबार दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी हालः जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य पनि थिए ।
व्यपारिक घारानाका उद्योगी सरावगीले २०७३ चैत ६ गते तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेर राजनीति यात्रा थालेका थिए । २०७४ को स्थानीय तहमा सरावगी १९ हजार ३ सय ९३ मत ल्याएर निर्वाचित भएका थिए । मेयरमा निर्वाचित भएको दुई वर्ष नबित्दै सरावगीलाई आफ्नै पार्टीका नेताहरुबाट असहयोग हुन थालेको थियो ।
त्यस्तै यता कान्पिुर दैनिकले “वीरगन्जका मेयर विजय सरावगी एमाले प्रवेश” शिर्षकमा छापेको छः
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।
वीरगन्जको प्रसौनीविर्तामा शनिबार आयोजित कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । त्यसअघि उद्योगी व्यवसायीको मात्र पहिचान बनाएका सरावगी वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भएका थिए ।
मधेस आन्दोलनताका अचानक राजनीतिमा सक्रिय भएर तत्कालीन संघीय समाजवादी फोरममा प्रवेशसँगै वीरगन्ज महानगरको मेयर चुनिएका थिए । पछि जसपाका अर्का नेता तथा संघीय सांसद प्रदीप यादवसँग बढ्दो दुरीका कारण उनी जसपामा केही निष्क्रिय भएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE