Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

डा.केसीले तोडे अनशन, सरकारसँग १० बुँदे सहमति

काठमाडौँ – १३ दिनदेखि अनशनरत डा.गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले शनिबार साँझ अनसन तोडेका हुन् । सरकारी पक्षसँगको १० बुँदे सहमति भएको डा। केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए ।

अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा।केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनी दिएका छन् । ‘विगत तेह्र दिनदेखि हाम्रो सत्याग्रही आन्दोलन चलेकोमा आज नेपाल सरकारसंग दश बुँदे सहमति भएको छ। तर त्यसमा सम्बोधन नभएको ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मापदण्डबिना नियुक्त भएका पदाधिकारीहरुलाई पदमुक्त गरियोस्’ भन्ने हाम्रो माग कायम रहेको र त्यसका लागि हामी निरन्तर संघर्षरत रहने कुरा जानकारी गराउन चाहन्छौँ,’ केसीले भनेका छन् ।

केसीको माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।

विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना थियो । स्वास्थ्य बिग्रँदै गएपछि केसी काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE