Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

भारतको हिमाचलमा बस दुर्घटना, ४४ को मृत्यु

काठमाडौँ –  भारतको हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन् । चालकले नियन्त्रण गुमाउँदा बस भीरबाट खसेको बताइएको छ । दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए ।

बसमा क्षमताभन्दा बढी यात्रु रहेका कारण दुर्घटना भएको बताइएको छ । उकालो र घुमाउरो बाटोमा ‘ओभर लोड’का कारण बस नियन्त्रण हुन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE