Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

दुर्गम क्षेत्रका बालबालिकाको मुहारमा खुसी छर्दै गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुलि परिवार

२८ पुष काठमाडौं – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले बिकट क्षेत्रमा रहेका ६३ जना बालबालिकालाइ न्यानो कपडा वितरण गरेको छ ।

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सामाजिक कार्यमा अगाडि बढेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली टिकटक परिवारले शुक्रबार धादिङ जिल्लाको उत्तरी बिकट क्षेत्रमा पर्ने खनियाबास गाउपालिका-२ झार्लाङस्थित बेन्दिदेवी माध्यामिक बिधालयमा अध्यानरत बिपन्न परिवारका ६३ जना छात्रछात्राहरुलाइ न्यानो कपडा बितरण गरेको कार्यक्रम संयोजक सनिस राज बजगाइले बताउनु भएको छ ।

बिगत १८ महिनादेखि सामाजिक सेवामा काम गर्दै आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिस्ठान तथा मिलिजुली टिकटक परिवारले बृद्धआश्रम, बालआश्रम, दृष्टिबिहिन तथा अशक्त हरुलाइ सहयोग गर्दै आएको र हाल सम्म ४७ वटा कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानकि संयोजक रारा सैंजुले जानकारी दिनु भयो ।

न्यानो कपडा बितरण कार्यक्रममा बिधालयका प्रधान-अध्यापक कान्छाराम तामाङले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारलाइ बिशेष धन्यवाद दिनु भएको थियो । उक्त बिधालयमा आफ्नो १५ बर्षसम्मको अध्यापनको दौरानमा अध्यारत बालबालिका हरुलाइ कुनै पनि संघ(संस्थाबाट सहयोग प्राप्त नभएको प्रधानध्यापक कान्छाराम तामाङले बताउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE