सेयर बजारमा बहार, नेप्से ७४.७१ अंकले बढ्यो
सेयर बजारमा बहार, नेप्से ७४.७१ अंकले बढ्यो
२७ असार, काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार मापक परिसूचक नेप्सेमा हरियाली छाएको छ ।
लगातार असार लागेयता घट्दै आएको बजारमा आइतबार भने भारी अंकको वृद्धि भएको छ ।
आइतबार सेयर बजार मापक नेप्से परिसूचक ७४ दशमलव ७१ अंकको भारी वृद्धि भइ २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ ।
यस्तै आइतबार क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ ।
यता कारोवार रकममा पनि उल्लेख्य सुधार आइ ८ अर्ब बढीको कारोवार भएको छ ।
आज सर्वाधिक धेरै कमाउनेमा गोर्खा फाइनान्स, श्रीइन्भेष्टमेन्ट फाइनान्स, आईसीएफसी फाइनान्स लगायत रहेका छन् ।
यता सर्वाधिक धेरै गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE