कांग्रेसका तीन नेताबीच भेट, केन्द्रीय सदस्यसँग छलफल गर्ने
१५ असर, कामठाडौँ – नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।
मङ्गलवार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटका क्रममा आउँदा दिनमा महाधिवेशन केन्द्रित छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रवार महामन्त्री शशाङ्क कोइरालाको टोखामा रहेको निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्न सहमत भएका हुन् ।
सञ्चारकर्मीलाई जानकारी दिँदै नेता सिंहले पार्टीमा सबैको चाहना पार्टी राम्रोसँग सञ्चालन हुनुपर्ने र प्रजातान्त्रिक हिसाबले सञ्चालन गर्नुपर्ने रहेको भन्दै छलफलको दायरा बढाउनका निम्ति केन्द्रीय सदस्यहरूसँग बैठक गर्न लागिएको बताउनुभयो । उहाँले १३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका नेताहरूसँग पनि छुट्टै छलफल गर्ने जानकारी दिनुभयो ।
नेता सिंहले भन्नुभयो, ‘सबैको चाहना के छ भन्दा पार्टी राम्रोसँग सञ्चालन हुनुपर्यो । प्रजातान्त्रिक हिसाबले भन्ने छ । यसमा तीन जना मात्रै होइन, छलफलको दायरालाई अलि विस्तारित गर्नुपर्यो र आउने शुक्रवार हाम्रो महामन्त्री डा. शशाङ्क कोइरालाजीको टोखा निवासमा पार्टीका सबै केन्द्रीय सदस्यलाई निमन्त्रणा गर्ने र १३ औँ महाधिवेशनमा पार्टी सभापति उम्मेदवार भएकालाई हामी तीन जनाले फेरि अलग्गै कुरा गर्ने ।’
तीन नेताको भेटघाटमा पाउनुपर्नेले क्रियाशील सदस्यता पाउनुपर्ने र छानबिनमा रहेका सदस्यहरूलाई आवश्यक विधि, प्रक्रिया पूरा गरेर क्रियाशील सदस्यता दिनुपर्ने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE