Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बलमिच्याईं पुर्वक नयाँ बजेट ल्याउनु आपत्तिजनक (एमाले)

२६ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ। आफ्नो सरकारले ल्याएको आर्थिक वर्ष २०७८र७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको उसको आरोप छ ।

एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याई भएको ठहर गरेको छ। पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन् ।

अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै एमाले सचिव भट्टराईले भने, ‘यसप्रति हाम्रो आपत्ति छ।

WRITE COMMENTS FOR THIS ARTICLE