मिलानको सहज जित
काठमाडौं – इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले इम्पोलीलाई ३-१ गोल अन्तरले हराएको हो । खेलको ७९ औं मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानले सुरुआती अग्रता बनाएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा तीन गोल भयो ।
इन्जुरी समयको दोस्रो मिनेटमा निदिम बाज्रामीले गोल गर्दै इम्पोलीलाई १-१ को बराबरीमा ल्याए । इन्जुरी समयको तेस्रो मिनेटमा फोडे बालोले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि इन्जुरी समयको छैटौं मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई ३-१ को जित दिलाए ।
जितसँगै मिलानले ८ खेलमा १७ अंक जोडेको छ । मिलान अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । इम्पोली ७ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE