राष्ट्रपतिबाट फागुन २३ गते संसद् अधिवेशन आह्वान
१७ फागुन
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको बताउनु भएको छ । केहीबेरमै राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानसम्बन्धी विज्ञप्ति जारी हुने उहाँको भनाइ रहेको छ ।
शुक्रबार बसेको क्याबिनेट बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएको छ । संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE