Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

यस्ता छन् दैनिक ग्रीन–टी पिउनुको फाइदा

२ आश्विन काठमाडौँ – स्वास्थ्यका लागि ग्रीन–टी निकै लाभदायी मानिन्छ । परिवर्तन भएको समयसँगै पछिल्लो वर्षहरुमा ग्रीन–टी लोकप्रिय बनिसकेको छ । नियमित एक कप मात्रै ग्रीन–टी सेवन गर्नाले पनि तपाई हाम्रो स्वास्थ्यलाई फाइदा पु९याइरहेको हुन्छ । आवश्यकता भन्दा बढी ग्रीन–टीको सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असरसमेत गर्छ । त्यसैले आवश्यकता भन्दा बढी ग्रीन–टी सेवन गर्नुहुँदैन ।

यस्ता छन् नियमित ग्रीन–टी पिउनुका फाइदाहरुः

त्वचामा चमक–ग्रीन–टीमा एन्टी एजिङ तत्व पाइन्छ, जसको कारण अनुहारमा देखिने चाउरीपनालाई कम गर्छ । त्यस्तै ग्रीन–टीले अनुहारमा चमकता ल्याउँनुका साथै सँधै ताजा राख्छ । शरीर फुर्तिलो पनि हुन्छ ।

मानसिक शान्ति–काम गरेपछि थकान महसुस हुन्छ, यस्तो अवस्थामा थकानलाई टाढा राख्नका लागि ग्रीन–टी निकै लाभदायी मानिन्छ । ग्रीन–टीमा थेनाइन तत्व हुन्छ, जसले एमिनो एसिड उत्पादन गर्छ । एमिनो एसिडले शरीरलाई सँधै ताजा बनाउँछ र थकानबाट टाढा राख्न मद्दत गर्छ ।

दाँतलाई सुरक्षित राख्छ–ग्रीन–टीमा पाइने क्याफिनले दाँतमा लाग्ने किराहरुलाई मार्ने काम गर्छ । जसको कारण ब्याक्टेरिया कम हुन्छ र लामोसमयसम्म दाँत सुरक्षित रहन्छ।

नर्मल ब्लड प्रेसर–ब्यस्त दैनिकीले उच्च रक्तचापको समस्या प्राय सबैमा हुन्छ । उच्च रक्तचाप अन्य विभिन्न रोगका कारण बन्न सक्छ । त्यसैले उच्च रक्तचापको समस्या छ भने ग्रीन–टी निकै लाभदायी मानिन्छ ।

कोलेस्ट्रोल घटाउँछ–मुटुका रोगीहरुलाई ग्रीन–टी निकै लाभदायी छ । ग्रीन–टीले शरीरमा हुने खराब कोलेस्ट्रोललाई कम गरी राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ । जसको कारण पनि नियमित ग्रीन–टीको सेवन लाभदायी मानिन्छ ।

वजन कम गर्छ–वजन कम गर्नका लागि ग्रीन–टी निकै लाभदायी छ । ग्रीन–टी पिउनाले शरीरको मेटाबोलिज्म बढाउँछ । जसको कारण पाचन प्रणाली सन्तुलित रहन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE