Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गर्ने चिनियाँ नागरिक पक्राउ

अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गर्ने चिनियाँ नागरिक पक्राउ

१५ साउन, काठमाडौं– अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा काठमाडौंको ठमेलबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय सी हिवेईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

चिनियाँ नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरिरहेको भन्ने सूचना पाएपछि महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रालि दर्ता गरी अवैध मदिरा उत्पादन गरी विक्री वितरणको लागि तयार पारेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उक्त होटलबाट ४ वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका १ सय १३ थान ड्रममा रहेका कच्चा पदार्थ र विक्रीको लागि तयार पारिएको मदिरा समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय महाराजगंज पठाइने उक्त महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE