पछिल्लो २४ घन्टामा १२७१ जना संक्रमित, १४ जनाको मृत्यु
२४ भदौ,काठमाडौँ-पछिल्लो २४ घन्टामा नेपालमा थप १२७१ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। यस्तै पछिल्लो २४ घन्टामा १८४५ जना निको भएका छन्।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ। कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ । भेन्टिलेटरमा १३९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४४५ उपचाररत छन्। यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४३३ जना संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जना कोरोना संक्रमित फेला परेका हुन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE