Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

रुकुम जाँदै गरेको यात्रुबाहक बस पल्टियो

२ आश्विन, बुटवल – शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस  सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार थिए ।

१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको  कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE