Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

ओली निकट नेताहरु दाहाललाई भेट्न दिनहुँ खुमलटार धाउँदै

१४ कात्तिक
काठमाडौं
– नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली शुक्रबार खुमालटार पुग्नुभएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच असमझदारी बढेसँगै ओलीले आफूनिकट नेताहरूलाई खुमलटार पठाएउनुभएको हो । स्रोतका अनुसार अध्यक्ष दाहालसँगको भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले दुई अध्यक्ष मिलेर जानु पर्ने सुझाव दिनुभएको छ ।

त्यस्तै, विहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि दाहाललाई भेट गर्नुभएको थियो, भने बुधबार अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दाहालसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

यही कात्तिक ३ गतेदेखि प्रधानमन्त्री ओली र दाहालबीच भेट हुन सकेको छैन । त्यसोत, मंगलबारदेखि नै प्रधानमन्त्रीले बालुवाटार बोलाए पनि दाहाल जान नचाहनुभएको र २–४ दिनपछि मात्रै भेट्ने भनेर जवाफ दिनुभएको श्रोतको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE