Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल समुहको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै

२७ फागुन
काठमाडौँ –
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षले आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्ने भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम साथै एमालेको पुनर्संरचनाबारे छलफल गर्नका लागि बैठक बस्न लागेको बताइएको छ ।

बानेश्वरस्थित एक होटलमा जारी रहेको छलफलमा स्थायी कमिटीमा नेपालको पक्षमा ११ सदस्य रहेको नेपाल निकट एक नेताले जानकारी दिएका छन् ।

यसअघि बुधवार नेपाल समूह निकट केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो । केन्द्रीय कमिटीबाट जुटेको सहमतीका विषयमा थप छलफल हुने स्रोतले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE