Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

नेकपा महासचिव विष्णु पौडेलको दोस्रो विज्ञप्ती : श्रीमतिको जग्गा बेचेर बालुुवाटारमा ८ आना किनेँ

सवाल सम्वाददाता
बाग्मती-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बालुवाटारको ८ आना जग्गा खरिद गरेको विषयमा अर्को विज्ञप्ती जारी गर्र्नु भएको । शुक्रवारको विज्ञप्तीमा पौडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटमा रेहेको श्रीमतिको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेको पैसाले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको उल्लेख गर्नु भएको छ ।

छोराको नाममा २०६१ पुस २९ गते किनेको बालुवाटारको ८ आना जग्गालाई लिएर विवाद मच्चिय पछि पौडेलले दोस्रो पटक विज्ञप्ती मार्फत विवादबारे ६ बुदे प्रष्टिकारण दिनुभएको छ ।

नेता पौडेलले सरकारको अभियान गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्न आफूले सरकारलाई सघाइरहेको बताउनु भएको छ ।

बालुवाटारको जग्गा आफ्नो  पदको बलमा नभई आफु कुनै पनि तहको जिम्मेवारीमा नरहेको बेला श्रीमतीको नाममा रहेको जग्गा बेचेर बालुवाटारको जग्गा खरिद गरिएको बताउनु भएको छ ।

यो हेर्नुहोस दोस्रो पटक जारी विज्ञप्ती

WRITE COMMENTS FOR THIS ARTICLE