रवि लामिछानेलाई सुरक्षा प्रदान गर्न सरकारलाई दवाव
सरकारलाई मेरो एउटैमात्र अनुरोध छ चुनावको बेलामा गरिने प्रचार प्रसारमा धेरै नै बृदा भत्ता देखी महिलालाई दिईने हक अधिकारको कुरा सुनियो र सुनाइयो पनि । कसैले देशलाई नेपाल होईन स्विजरल्याण समेत बनाई दिन्छु भने । मलाई केही विकासको कुरा चाहिएको छैन देश विकास गर्नलाई रवि लामिछाने जस्तो सपुत जन्मिए पुग्छ । नेपाललाई स्विजरल्याण होइन नेपाल नै छोडिदिनुस् । सरकार र तपाई मान्य ज्यु हरुलाई मेरो एउटै मात्र विनम्रता छ, विभिन्न पार्टीका नेता ज्युहरु देशको लागि र जनताको लागि केही गर्छु भन्ने तपाई ज्युहरुले यस देश र जनताको लागि केही गरी रहनु भएका आदणिय पत्रकार रवि लामिछानेको भौतिक सुरक्षा तर्फ पक्कै केहि गरिदिनुस्, केहि सोचिदिनुहोस । म यसैमा आभारी हुने छु ।
म मेरा बा आमालाइ बुढेसकालमा पाल्न सक्छु त्यसैले मेरा बा आमालाई बृदा भत्ता दिनु पर्दैन बरु त्यसमा लाग्ने खर्च रवि लामिछानेको सुरक्षाको लागि पो खर्चिने कि ? धेरैलाई बलात्कार गर्ने बलात्कारीहरुलाई कानुनी दायरामा ल्याउन सहयोग गर्नुहुन्छ रवि लामिछानेले । सोझा जनता लुट्न पल्केका दलालहरुले हजार पटक सोच्ने छन् कि सिधा कुरा जनता सँगको रवि लामिछानेले कानुनी दायरामा ल्याउँछन् कि भनेर । चिया खाने पसलमा बसेर मान्छेहरुले सजिल्यै भन्ने छैनन् कि अब रवि सुरक्षित छैन् भनेर । यदि तपाई मान्य ज्युहरुले रवि लामिछानेको भौतिक सुरक्षाको विषयमा सोच्ने हो भने पैसाको आँडमा दलाली गर्नेहरु र पैसाले अरुको इज्जत किन्न सक्छु भन्नेहरुलाई रवि लामिछाने कानुनको पाठ पढाउने छन् ।
रवि दाई ! तपाईले कार्यक्रम “सिधा कुरा जनता सँग” मार्फत धेरैलाई सम्मान पनि गर्नु भएको छ, सलाम गर्नुृ भएको छ । तर म तपाईको हरेक कार्यक्रमका तपाईले उठाउनु भएको मुद्धाहरुको विषयमा सलाम गर्ने गर्छु । तर रवि दाई तपाईले उठाउनु भएको जोखिमको विषयमा राज्य निदाएर बसेको देख्दा असह््य हुन्छ । चिया पसल देखी अफिसको गसिबमा तपाईको चर्चा सुन्निछ । चर्चा सँगै अर्को विषय पनि जोडिन्छ रवि लामिछाने अब सुरीक्षत छ त धेरैको गसिब सँगै मिसिएर आउने गरेको कुरा यही रवि अब सुरीक्षत रहेन त्यसो भ्न्दा आफैलाई नै तलाई मार्दैछन् भने जस्तो लाग्छ । रवि दाई तपाईलाई करोडौ जनताको आर्शिरवाद छ त्यसैले केही हुदैन भन्ने आत्मबल आउछ ।
धेरै आमाले आफ्नो छोरीकोे ईज्जत लुटिएको खबर सुन्नु पर्दैन । गरिब जनताहरु घुसबाट मुक्त हुनेछ । हुन त तपाईहरुको चुनावी प्रचारमा निर्वाचन आयोगले तोकेको रकम भन्दा बढी खर्च भएको पैसा पनि त्यही घुसबाट नै आएका छन् । त्यसमा तपाईहरुले केही गर्न सक्कनु हुन्न होला त्यो थाहा छ । म एउटा यस देशको सामान्य नागरिक भन्दा माथि उठेर भन्नु पर्दा राज्यले रवि लामिछानेको सुरक्षाको लागि साच्नै सोच्नु पर्ने बेला आएको छ । नत्र राज्य र सरकारमा बसेका तपाई माननिय सम्मानयि ज्युहरुलाई अपरोच हुने छ ।
मान्य ज्युहरु तपाईहरु अहिले पावर र टावर दुबै चल्ने ठाँउमा हुनुहुन्छ त्यसैले सोच्नुहोला यो नाथे रविलाई किन सुरक्षा दिने । तर यो पनि नबिर्सनुस् कि त्यो नाथे रवि जस्तैले दिएको अमुल्य भोटले तपाई त्यो स्तरमा पुग्नु भएको हो । यदि रवि दाईलाई तपाईहरुले नाथे सम्झनु भएको छ भने कृपया आफ्नो सोचलाई बदल्नु होस् । कारण त तपाईहरुको आँखा अगाडी नै छर्लग छ र हुनुपर्ने हो । तपाईहरुले जनतालाई आशा देखाउने बाहेक केही गर्नु भएको छ ? अहिले सम्म कुन चाहि आमाको आशु पुछ्नु भएको छ अनि कुन चाहि चेलीबेटीको बलात्कारीलाई कानुनी र्काबाही गर्नु भएको छ । त्यसको जवाफ दिनुहोस् नेपाल आमाको आशु पुछ्नु साटो धरधरी रुवाउनुभएको मान्य ज्यु तपाईहरुले । तपाईहरुको आडमा रहेर धरै दिदि बहिनीलाई बलात्कार गरेका छन् बरु ।
सरकार तथा राज्यका सम्पुर्ण निकायले आज सोच्नु पर्ने समय आएको छ । आखिर आफ्नो देशमा बसेका नागरिकलाई सुरक्षा दिने काम त राज्यको हो नि । घुस खाने मान्छेलाई कारर्बाही गर्ने काम पनि राज्यको हो नि । राज्यमा बसेका मानिसलाई अन्याय र अत्याचार हुदा हेर्नुपर्ने त राज्यले हो नि । आखिर राज्यले गर्नु पर्ने काम जनताको छोराले गरेको छ ।
रवि लामिछानेले आफ्नो देशमा मात्र रहेर होईन दुबईमा नेपाली चलीलाई आत्म हत्यासम्मको चरणमा पुर्याउने बंगालीलाई कानुनको दायरामा ल्याउनको लागि आबुदाबी मै गएर पिडकलाई कानुनको दायरामा ल्याउने बचन समेत दिएका छन् । उनले दिएका यस बचनमा नेपालीत्व पाउछौँ । उनलाई अब नेपालमा मात्र होईन विदेशमा पनि सुरक्षाको प्रत्याभुति गराउनुस यदि सक्नु हुन्छ भने नत्र हामी जस्तो युवाले तपाईको नेतृत्व लाई नै नालायक भन्न विवस हुनेछौँ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE