Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

बालुवाटारमा प्रधानमन्त्री र जसपा नेताहरुबीचको छलफल

१० चैत
काठमाडौँ –
प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु र जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिनु भएका छन ।

जसपा नेताहरुको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएपछि जसपा नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको हो । भेटमा जसपाको मागका विषयमा सकारात्मक छलफल भएको छ ।

‘आजको भेट पनि यसअघिकै निरन्तरता हो,’ भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भन्नु भयो, ‘छलफल सकारात्मक भएको छ। निष्कर्षमा पुग्न भने बाँकी छ।’

प्रधानमन्त्री ओलीले जसपा नेताहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै सत्ता साझेदारीको प्रस्ताव राख्नु भएका छन । जसपा नेताहरुले पनि आफूहरुको माग सम्वोधन भए सरकारमा सहभागी हुने सकिने जवाफ दिनु भएका छन्। जसपाले निर्वाचित सांसद रेशम चौधरीलाई रिहाइ गर्नु पर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतका माग राखेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE