Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

पूर्वसांसद उप्रेतीको निधन : देउवाले भने,पुराना साथी गुमाएँ

१६ फागुन
काठमाडौँ –
नेपाली कांग्रेसका पूर्वसांसद शंकरप्रसाद उप्रेतीको निधन भएको छ । काठमाडौंमा शनिबार राति उनको निधन भएको हो । उनी कांग्रेस झापाका पुराना नेता हुन् ।

२०४६ सालपछि उप्रेती कांग्रेसबाट ६ वर्षसम्म राष्ट्रिय सभा सांसद भएका थिए। उप्रेती पञ्चायतविरोधी आन्दोलनका बेला पटकपटक जेलसमेत परेका थिए।

उप्रेती चिकित्सक पनि थिए। उहाँले ५० वर्ष बिरामीको सेवामा बिताउनु भएको थियो । यसबीचमा उहाँलेले कयौं नागरिकको निस्शुल्क उपचार गर्नु भएको थियो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति निकालेर उप्रेतीको निधनमा सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गर्नु भएको छ ।

‘उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भन्नु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE