नेप्से ५ अंकले घट्यो
१६ चैत्र
काठमाडौँ – सोमबार सेयर बजारमा ५ अंकको गिरावट आएको छ। कारोबार रकम समेत घटेर साढे चार अर्ब रुपैयाँ हाराहारीमा सीमित भएको छ।
नेप्से सूचक ५.४५ अंकले घटेर २५४३.५२ विन्दुमा अडिएको छ । ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
२०९ कम्पनीको ९१ लाख ३८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ३ समूहको सूचक हरियो भएको छ । ४ कम्पनीको भाउ ९५ भन्दा बढी सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । खरिदबिक्री रकममा ४४ करोड ३१ लाख रुपैयाँभन्दा बढीसहित निफ्रा सबैभन्दा अघि छ । यसैगरी, दोस्रोमा अपर तामाकोशी र तेस्रोमा चन्द्रागिरी हिल्स परेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE