Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

२७ जेठ, काठमाडौँ – पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए ।

उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE