एमालेको अवरोधपछि संसद बैठक स्थगित
१९ आश्विन, काठमाडौं – प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०ले अवरोध गरेको छ। एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ।
मंगलबारको बैठकमा पनि नाराबाजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो। एमाले सांसदहरूको विरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६र७७ प्रतिनिधि सभामा पेश गर्नुभयो।
एमाले सांसदहरूले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, यथास्थितिमा संसद चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर लगायतका नारा लगाएका थिए। प्रतिनिधि सभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE