अक्सिजनबिना नै सगरमाथा आरोहन
नेपाली पर्वतारोही सगरमाथातर्फ जाँदैछन्, त्यो पनि अक्सिजनबिना नै
काठमाडौं सर्वोच्च शिखर सगरमाथामा हाल सम्म जम्मा दुई पटक मात्रै पर्वतारोही हिउँदमा शिखरमा पुगेका छन् । यस्तै चुनौती लिएर नेपाली पर्वतारोही सगरमाथातर्फ जाँदैछन्, त्यो पनि अक्सिजनबिना नै ।
अत्यधिक चिसो हुने, हिउँ परिरहने, बाटो बनाउन र पहिल्याउन निकै गाह्रो हुने हिउँदमा चुचुरो चुम्ने चुनौतीमा जुटेका हुन्, नेपाली आरोही टासी लाक्पा शेर्पा । ‘१९८० मा जापानी आरोही र १९९३ मा पोलिस आरोहीले दुई महिना लगाएर हिउँदमा सगरमाथा आरोहण गरेको रेकर्ड फेला र्पयो,’ संखुवासभाको मकालु मूलघर भएका ३४ वर्षीय टासीले भने ।
‘असामान्य सिजन’ मा बिनाअक्सिजन पाँच दिनमै आरोहण सकेर कीर्तिमान कायम गर्ने
उद्देश्य बोकेका छन् शेर्पाले । कान्तिपूर दैनिकमा समाचार छ । उनलाई आइतबार साँझ आरोहण अनुमति दिएको पर्यटन विभागले जनाएको छ ।
शेर्पाले हिउँदयाममा सगरमाथा चढ्ने पहिलो नेपाली, बिनाअक्सिजन र पाँच दिनमा सक्ने गरी तीन विधामा कीर्तिमान कायम गर्ने लक्ष्य राखेकोबारे गिनिज वर्ल्ड रेकर्डस् टोलीलाई जानकारी गराएका छन् ।
उनी सोमबार काठमाडौंबाट लुक्ला हुँदै हेलिकप्टरमा सगरमाथा आधार शिविर पुग्ने
छन् । मंगलबार आधारशिविरबाट दोस्रो शिविर र बुधबार चौथौ शिविर पुग्नेछन् । उनले बिहीबार सगरमाथाको चुचुरोमा पाइला राख्ने छन् । बुधबारै दोस्रो शिविरमा झर्ने र पाँचौं दिन हेलिकप्टरबाट काठमाडौं फर्किने उनको तयारी छ ।
आठ पटक सगरमाथा आरोहण सकिसकेका शेर्पा वसन्तकालीन सिजनमा बिनाअक्सिजन आरोहण गर्ने पहिलो नेपाली कान्छो आरोही पनि हुन् । उनले २०६२ सालमा १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाइसकेका छन् । यस पटक चुनौतीपूर्ण अभियानमा शेर्पाले सहयोगीका रूपमा पासाङ नोर्बु शेर्पा, हलुङ दोर्जी शेर्पा र मिङतेम्बा शेर्पालाई गाइड चुनेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE