आफ्नै राइफलको गोली लाग्दा नेपाली सेनाका एक सिपाही गम्भीर घाइते
आफ्नै राइफलको गोली लाग्दा नेपाली सेनाका एक सिपाही गम्भीर घाइते
७ असार, काठमाडौं– राइफलको गोली लाग्दा नेपाली सेनाका एक सिपाही गम्भीर घाइते भएका छन् । वीरगञ्जको चण्डीप्रसाद गणमा कार्यरत एक सिपाहीले आफैंले बोकेको राइफलको गोली लाग्दा उनी गम्भीर घाइते भएका हुन् ।
गणमा कार्यरत २२ वर्षिय सिपाही श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे गोली प्रहार गरेका हुन् ।
गोली प्रहारपछि उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चौहानले आफ्नो राइफलमा गोली हालेर ड्युटीमा खटेका थिए ।
ड्युटीमा खटिएका बेला नै उनले आफूमाथि गोली प्रहार गरेको देखिएको प्रहरीले बतायो । ‘राइफललाई चिउँडोमुनिबाट हानेर आँखामुनिबाट निस्किएकोले गर्दा उनको ज्यान जोगिएको, यद्यपि उहाँ गम्भीर घाइते हुनुहुन्छ’ जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताए ।
गम्भीर घाइते चौहानलाई नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जको नेसनल मेडिकल कलेज रिफर गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या प्रयास गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE